म वन विनाश गर्न होइन, विमानस्थल बनाउन आएको हुँ

yogesh

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने मुडमा नरहेको बताएका हुन् ।

उनले भने–‘यो विमानस्थल निर्माणमा जति रकम लगानी लाग्छ, त्यो सबै एकैवर्षमा लाग्ने होइन । वार्षिक २०–२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा होइन ।’

आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने उल्लेख गरे ।

मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख काट्नुअघि वृक्षारोपण गर्ने समेत बताए ।

‘निजगढका रुख काट्नुअघि त्यसको क्षतिपूर्ति हुनेगरी वृक्षारोपण सुरु हुन्छ । म वन विनाश गर्न आएको होइन, विमानस्थल बनाउन आएको हुँ’, मन्त्री भट्टराईले भने–‘वृक्षारोपणका विषयमा आगामी बुधबार वन मन्त्रालयसँग छलफल हुनेछ ।’

Comments

Top