पत्रकार शालिकरामको आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक : रवि लामिछाने र दिपकले पिट्नेदेखि विनाकारण समाचार बनाएर करोडौं असुलेको आरोप
काठमाडौं । साउन २१ गते बेलुका चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा उनले न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका रवी लामिछानेका कारण आफू आत्महत्या गर्न बाध्य भएको दावी गरेका छन् ।
पुडासैनी डेढ महिना अघि मात्र माउन्टेन टेलिभिजनमा गएका थिए । त्यसअघि उनी लामिछानेसँगै न्युज २४ मा कार्यरत थिए ।
त्यतिमात्र होइन पुडासैनीले लामिछानेका प्रोड्युसर दिपक बोहोराले कुटपीट नै गर्ने गरेको बताएका छन् ।
लामिछाने र बोहोराले सिधा कुरा जनतासँग कार्यक्रमको दम्भका कारण रिस उठेकाहरुको समाचार बनाउने, बार्गेनिङ गर्ने, विना कारण दोष लगाएर समाचार बनाउने, आफूलाई पनि जवर्जस्ती समाचार बनाउन लगाउनेलगायतका काम गर्न लगाउने गरेको आरोप लगाएका छन् ।
आफ्नो धरै ऋण भएकाले कन्सलटेन्सी र सेक्युरिटी कम्पनी सञ्चालन गरिरहेको हुँदा म काम गर्न सक्दिन भन्दा पनि जबर्जस्ती काममा लगाएको र तलव पनि बल्ल बल्ल १८ हजार मात्र पुर्याएको आरोप लगाएका छन् ।
भिडियोमा भनिएको छ–‘पछिल्लो दुइ महिना मेरो तलव १९ हजार ५ सय भयो । त्यो पैसाले मैले केही गर्न सक्दैन थिए । कोठाको भाडा तिर्नु पथ्र्यो सम्झना । तिमिलाई खर्च दिनुपथ्र्यो । मैले पेट पाल्नु पथ्र्याे । बाइक पाल्नु पथ्र्यो । त्यसपछि मैले न्युज २४ छोड्ने निर्णय गरे । तर, उनीहरुले धम्की दिइरहन्थे । युवराजले त रिपोर्ट कपी गर्न समेत दिदैनथ्यो । ........
यही बीचमा न्युज २४ नछोड युवराज र दिपक दाइले अष्ट्रेलिया जाने केटी मिलाइदिन्छु भन्दै ओखलढुंगाकी अस्मिता काकी उर्फ रुकु कार्कीसँग भेटायो । ........ उनका लागि मैले धेरै काम गरे । तर, उनले मलाई खाते भनेर हेप्न थाली । तर, युवराज र रवी दाई मिलेर फसाउन खोजेको प्लान थाहा पाए ।
रवि लामिछाने तिमिलाई एक दिन पाप लाग्छ । तिमिजस्तो अधर्मी यो देशमा कोही छैन । दुनियाँलाई थर्काका छौ, लुटेका छौं । कतिसँग करोडौं लिएका छौं । मलाई भनिस भने मारिदिन्छु भनेका छौं ।
रविको असली रुप केही वर्ष बाहिर आउँछ ।
प्रतिक्रिया