सम्झनाको किटानी जाहेरीले रवि लामिछानेलाई ठूलो झड्का

ravi_1

  काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनकी श्रीमती सम्झनाले हाल प्रहरी थुनामा रहेका टेलिभिजन प्रस्तोला रवि लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएसँगै उक्त जाहेरीलाई चितवन पठाएको छ । किटानी जाहेरी परेसँगै लामिछानेलाई थप झड्का लागेको छ । किनकी उनको भोली नै पाँच दिनको म्याद सकिंदै थियो । चितवन प्रहरीलाई अब सोही जाहेरीलाई आधार मानेर थप अनुसन्धान गर्ने बाटो खुलेको छ ।

चितवनमा झुन्डिएको अवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीकी पत्नी सम्झनाले आज परिसरमा पुगेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

लामिछानेसहित तीनविरुद्ध चितवनमा आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो ।

 

Comments

Top