राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा सांसद महेश बस्नेत

mahesh2

 काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांसद बस्नेतलाई इन्चार्ज तोकेको हो। त्यस्तै बैठकले सहइन्चार्ज भने संघकै अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखालाई तोकेको छ ।

सांसद बस्नेत पूर्व युवा संघ नेपालका अध्यक्ष समेत हुन । सांसद बस्नेतसँग संघमा करिव १० वर्ष अध्यक्षको रुपमा सञ्चालन गरेको अनुभव समेत छ । सांसद बस्नेतको समयमा भएका युवा आन्दोलनमा उल्लेखनिय काम भएका थिए।
बैठकले तेस्रो वरियतामा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधब कुमार नेपाललाई चैथोमा पुर्याई पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई तेस्रो वरियतामा ल्याएको छ ।

Comments

Top