प्रहरीको बृत्ति विकासका लागि गृहसचिव र आईजीपीबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

sarwendrakhanal

 काठमाडौं। गृहसचिव प्रेम कुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

 गृहमन्त्री राम बहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा मन्त्री थापाले सम्झौताले आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकोले उत्कृष्ट नतिजा ल्याउन खरो रुपमा उत्रिन संकल्प गर्नुपर्ने थापाले वताए ।

 गृहमन्त्री थापाले सम्झौता क्षमताको मूल्याङ्कनको आधार भएकोले राम्रो काम गरे राम्रो मूल्याङकन, बृत्तिविकास र नेतृत्व विकास हुने बताए । गृहसचिव प्रेम कुमार राईले विगतमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायि भएको चर्चा गर्दै आफ्नो कामलाई प्रणालीगत रूपमा अगाडि बढाएमा लक्ष्यमा पुग्न सफल भइने उल्लेख गरे ।

 गृहसचिवबाट प्रहरी महानिरीक्षकसँग आफ्नो नियन्त्रणको सीमाभित्र तोकिएको कार्य क्षेत्र, जिम्मेवारी, स्पष्ट कार्य शर्त सूचक सहितका कार्यहरू निर्दिष्ट गरी कार्यसम्पादन सम्झौता गरिएको हो ।
एक आर्थिक वर्ष अवधिको रहने उक्त कार्यसम्पादन सम्झौतामा सात वटा कार्य शर्तहरू र २२ वटा कार्यसम्पादन लक्ष्य र सूचकहरू रहेका छन् ।

Comments

Top