सात वर्ष मकाउमा बसेर फर्केका विनोदले खोले पोखरामा होलसेल पसल

pahira 1

  पोखरा । सात वर्षसम्म विदेशमा बसेर फर्केका एक युवाले पर्यटकीय नगरी पोखरामा ‘पहिरा ब्युटीपार्लर एण्ड कलेक्सन हाउस’ नामको होलसेल तथा खुद्रा पसल सञ्चालनमा ल्याएका छन् । सात वर्षसम्म मकाउ बसेका विनोदकाजी पौडेल र उनकी श्रीमती रेखा क्षेत्री पौडेलले पोखराको विरौटास्थित शिशु निकेतन मार्गमा पसल सञ्चालनमा ल्याएका हुन् ।

भदौ १ गतेबाट सञ्चालनमा आएको उक्त पसलबाट ग्राहक महानुभावहरुले ब्युटी पार्लरसम्बन्धी सम्पूर्ण सेवा पाउने रेखा क्षेत्री पौडेलले बताइन् । ‘हामीले पसलमा बच्चादेखि बृद्धसम्मका महिला तथा पुरुषहरुका लागि आवश्यक पर्ने कपडा, जुत्ता चप्पल, व्यागलगायतका सामानहरु राखेका छौं । हामीले यो पसलबाट होलसेल तथा खुद्रा व्यापार गर्छौं ।’ पसलका सञ्चालक विनोदकाजी पौडेलले भने ।

पसल उद्घाटनको अवरमा भदौ १० सम्म पाँचदेखि १० प्रतिशतसम्म छुट दिइने पनि पौडेलले बताए । ‘हाम्रो वेयर हाउसमा आएका ग्राहकहरु सामान पाइन भनेर फर्कनु पर्ने अवस्था आउँदैन ।’ पौडेलले भने ।

pahira

pahira bag

Comments

Top