आगजनी र तोडफोडमा उत्रिए रविका समर्थकहरू

chitwan

  चितवन । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। लामिछानेको रिहाइको मागमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप भएको हो।

प्रदर्शनकारीहरुले भरतपुरमा रहेके ट्राफिक अइल्याण्डमा आगजनी गराएका छन् भने दुई वटा ट्रकमा समेत तोडफोट गरेका छन् । काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना६ख ४२ र पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना४ख ४३२५ नम्बरको अर्को ट्रकमाथि तोडफोड भएको हो । दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको बताइएको छ ।

दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यलय चितवनले निषेधित क्षेत्र घोषणा गरे पनि भरतपुरका विभिन्न चोकचोकमा नारा, जुलुस, ¥याली र प्रदर्शन भइरहेको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको बयान सकिएर अहिले बहस भइरहेको छ। आइतवार प्रदर्शनकारीको भीड बढेपछि सुरक्षा चुनौतीलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको थियो। बिहानदेखि चौबिसकोठी चोकमा प्रदर्शन भइरहेको छ।

उत्तरमा बाइपासतर्फको आन्तरिक राजस्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पश्चिम लोकमार्गतर्फको चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ। दक्षिणमा बाइपास सडकदेखि घरेलु कार्यालय चोकबाट दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ।

chitwan 1

Comments

Top