जागिरको प्रलोभनमा पारी बलात्कार गर्ने पक्राउ

balatkari

  कााठमाडौं । सामाजिक सञ्जाल र फोन मार्फत् जागिर लगाइदिन्छु भनी भेट्न बोलाई युवतीहरुलाई लुटपाट तथा बलात्कार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरले सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरका सञ्जिव खड्का भन्ने सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो ।

यादवले विभिन्न एनजीओ र बैंकमा जागिर दिने भन्दै दुई दर्जन भन्दा बढी युवतीलाई लुट्ने गर्नुका केहीलाई बलात्कार समेत गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यादवले युवतीहरुलाई आफ्नै गाउँमा बोलाई एकान्त स्थानमा लगेर मोबाइल, नगद र गरगहना लुटपाट गर्दे आएको र केहीलाइ बलात्कार गरेको पनि प्रहरीको प्रराम्भीक अनुसन्धानमा खुलेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार यादवले सोलुखुम्बुदेखि कञ्चनपुरसम्मका युवतीहरुलाई जागिरको प्रलोभनमा फसाई लुटपाट गरेका थिए ।

प्रहरीले विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बुढीगंगा गाउँपालिका–३ नेमुवामा डेरामा बसिरहेका बेला यादवलाई नियन्त्रणमा लिएको हो ।

यादव विगतमा जबरजस्ती करणी उद्योगको मुद्दामा कैद भुक्तान नगरेर फरार अपराधी समेत रहेको खुलेको छ । गत फागुनमा विराटनगरमा महिलालाई लुटपाट र जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका थिए । सो घटनामा उनलाई अदालतले एक वर्ष ६ दिनको कैद सजाय तोकेको थियो ।

प्रहरीले सन्तोषको साथबाट ८ वटा मोबाइल, सुन र चाँदीका गरगहनाहरु , नगद ३४ हजार, सनराईज बैकको भिसा कार्ड, २ वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टीकर, चक्कु, खुकुरी र छुरी समेत बरामद गरेको छ ।

Comments

Top