विप्लब समुहद्वारा एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको पुत्ला दहन

biplabsamuh

 काठमाडौं । एनसेल कर असुलीबारे सर्वोच्च अदालतका न्यायधिसहरुले गरेको निर्णय विरुद्ध सरकारद्वारा प्रतिवन्धित नेकपा विप्लब समुहले फैसला उल्त्याउने न्यायधिसहरुको आज देशैभरी पुत्ला दहन गरेको जनाएको छ ।

 सरकारकै इसारामा आफ्नै प्रधानन्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै आज नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले कालिका नगरपालिकाको क्लवचोकमा सो फैसला उल्त्याउने न्यायधिसहरुको पुत्ला दहन गरेको छ ।

 नेकपाले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको दाबी गरेको छ ।
अदालतको यो निर्णयपछि नेकपा एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुगेको बताइएको छ ।

 नेकपाले सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न अपिल गर्दै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नकालागि जनताहरु उठ्न आग्रहसमेत गरेको छ ।

Comments

Top