संघर्ष अझै बाँकी छ : दाहाल

prachanda

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।

सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा बिहीबार आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले उक्त धारणा राखेका हुन् ।

नेपालको हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको चर्चा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने–‘हामीले गरेको सङ्घर्षमा दलितहरूले सबैभन्दा बढी योगदान दिएका थिए, आन्दोलन नै उत्प्रेरित गर्ने खालको थियो ।’

उनले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत अधिकारका लागि एकीकृत सङ्घर्षको थालनी हुने विश्वास व्यक्त गरे । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।

Comments

Top