यू–१९ एसिया कपमा टस जितेर ब्याटिङ गर्दै नेपाल

acc

  काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल र घरेलु टोली श्रीलंकाबीचको खेल सुरु भएको छ। आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध जित निकालेर नेपाल सुखद सुरूवात गर्न चाहन्छ। श्रीलंकालाई घरेलु मैदान र समर्थकको साथ हुनेछ।

सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई समूह चरणमा १९ रनले हराएको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो । नेपालले श्रीलंकालाई भने हराउन सकेको छैन । यू–१९ एसिया कपको पछिल्लो ५ खेलमा नेपालले श्रीलंकालाई हराउन सकेको छैन। नेपाल श्रीलंकासँगको अन्तिम खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

सन् २०१६ को एसिया कपमा श्रीलंकाले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा २ सय २६ रन बनाउँदा अल आउट भएको थियो ।

 

Comments

Top