यु–१६ अन्तर विद्यालय फुटसल गोल कप–२०१९ हुँदै

footsal

  भक्तपुर । we can (हामी सक्छौं) भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालको आयोजनामा दोस्रो भक्तपुर जिल्ला व्यापी यु–१६ अन्तर विद्यालय फुटसल गोल कप–२०१९ हुने भएको छ ।

भाद्र २३,२४ र २५ गते सञ्चालन हुन गोल कपमा सुर्यविनायक र चाँगुनारायण नगरपालिका तथा विभिन्न ग‌ैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुको सहकार्य रहने भएको छ ।

प्रतियोगितामा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने छ । प्रतियोगिताबाट सङ्कलन भएको रकम बालबालिका र युवाहरुको क्षेत्रमा भई गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रयोग गरिने आयोजक संस्थाका संस्थापक दिपेश बिसुङ्केले जानकारी गराए ।

प्रतियोगितामा विजय हुने टिमहरुलाई क्रमश प्रथम पुरस्कार ट्रफी, मेडल,प्र माणपत्र र नगद २० हजार, दोस्रो पुरस्कार ट्रफी, मेडल, प्रमाणपत्र र नगद १० हजार र तेस्रो पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले बताए ।

प्रतियोगितामा कुल लागत ३ लाख ५० हजार रहेको र कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गरि सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष राजेश घिमिरेले बताए ।

Comments

Top