दसैंको मुखमा विप्लवको चन्दा आतंकले व्यवसायीहरु त्रसित

Biplav-Bomकाठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपा बिप्लब समुहले देशभर चन्दा आतंक शुरु गरेको छ। काठमाडौंका साना व्यवसायीसँग समेत बिप्लब समुहको नामबाट चन्दा माग गरिएपछि व्यबसायीहरु आतंकित बनेका छन्।

 काठमाडौं, पोखरा, चितवन, बिराटनगर, रुपेन्देहीजस्ता ठाउँहरुका व्यबसायीहरु बिप्लब समुहको नामबाट आउने चन्दाको रकमबाट आतंकित बनेको काठमाडौंका एक एजुकेशन कन्सल्टेन्सी व्यबसायीले गुनासो गरे। कतै  बिद्यार्थी समुहको नामबाट त कतै  पार्टीकै नेताको नामबाट बिभिन्न नम्वरमार्फत लाखौं माग गरिएको ति कन्सल्टेन्सी व्यवसायीको गुनासो छ। दसैंको मुखमा बिप्लब समुहको चन्दा आतंकबाट व्यबसायहरु आजित बनेका छन्। 

 उता सांगठनिक हिसाबले विप्लव नेकपाले पछिल्लो समय प्रदेश ४ र ५ मा आफ्नो प्रभाव विस्तार गरेको छ । सरकारले विप्लव समूहमाथि २९ फागुनबाट प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै प्रहरीले सो समूहविरुद्ध चलाएको कारबाही पनि प्रदेश ४ र ५ मै केन्द्रित देखिन्छ । 

 महानगरिय अपराध महाशाखाका एक प्रहरी अधिकारीले धेरै व्यवसायीले बिप्लब समुहका नामबाट चन्दा माग गरिएको र चन्दा माग गर्ने केहीलाई निगरानीमा राखेर कारवाही प्रक्रिया अगाडि  बढाइएको वताएका छन्। 

Comments

Top