फुटसल प्रतियोगिताले खेलाडी उत्पादनमा मद्दत पुग्छ : सांसद श्रेष्ठ

Football

भक्तपुर ।

हामी सक्छौं भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालको आयोजना गरेको यु-१६ अन्तरविद्यालय फुटसल गोल कप-२०१९ शुभारम्भ भएको छ । आज बिशेष समारोहका बिच प्रदेश नं ३ प्रदेश सांसद प्रतिमा श्रेष्ठले रेफ्रिलाई बल हस्तान्तरण गरि उक्त प्रतियोगिताका उद्घाटन गरेसँग सो प्रतियोगिता शुरु भएको हो ।

सुर्यविनायक र चाँगुनारायण नगरपालिका सहयोगमा र विभिन्न ग‌ैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुको सहकार्यमा संचालन भएको प्रतियोगिता उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि श्रेष्ठले यस किसिमको प्रतियोगिताले प्रदेशमा नयाँ र क्षमतावान खेलाडीहरु उत्पादन गर्न मद्दत पुग्ने र समाजमा रहेको असमानता र विभेद हटाउन पनि महिलाहरुको पनि फुटसल गर्नु पर्ने जसले गर्दा समाजमा समानता कायमा मद्दत पुग्ने र हामी सक्छौं भन्ने अभियानको सार्थकता रहने विश्वास व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा स्वागत एंव कार्यक्रमको उद्देश माथी प्रकाश पार्दै संस्थाका संस्थापक दिपेश बिसुङ्केले फुटसल प्रतियोगिता कार्यक्रममा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने र प्रतियोगिताबाट सङ्कलन रकम बालबालिका र युवाहरुको क्षेत्रमा भई गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।


कार्यक्रममा अतिथिको रुपमा खेलप्रेमी रामगोपाल चौगुठी, क्रेटिभ ईन्जिनेरिङ्गका व्यवस्थापन प्रबन्धक सुरेश अच्छामी, वेभ ग्रुपका अध्यक्ष नरेश रन्जित, गोर्खा ईको प्यानलका प्रतिनिधि र सहभागी विद्यालयका प्रमुख एंवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका सचिव श्रीकृष्ण थापाले गरेका थिए भने सभाध्यक्ष संस्थाका अध्यक्ष राजेश घिमिरेले गरेका थिए।

Comments

Top