पार्टीका नेताहरु आत्म केन्द्रित हुन थाले : अध्यक्ष प्रचण्ड

prachanda_1

 काठमाडौं। । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आवश्यकतालाई भन्दा पनि जनताको आवश्यकताध्यान दिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

 पार्टी केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१ औं स्मृतिसभामा अध्यक्ष प्रचण्डले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्म केन्द्रित र व्यक्ति केन्द्रित हुँदै गएको भन्दै सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनउने तर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।

‘हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौं, लोकप्रिय मत पाएका छौं, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौं, जनताको आवश्यकता भन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित