चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेना अग्रसर

sena

 चितवन । मुलुकको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणको अभियानलाई तीव्र पारिएको छ । जनस्तरबाटै संरक्षणमा स्थानिय तथा विद्यार्थीहरुलाई अग्रसर गराउन नेपाली सेनाको बटुक दल गणले अभियानलाई तीव्र पारेको हो ।

 निकुञ्जको सुरक्षार्थ खटिएको बटूक दल गणमा नयाँ गणपति प्रमुख सेनानी अरुण श्रेष्ठको आगमनसगैँ यतिवेला निकुञ्जको मध्यवर्ती क्षेत्रमा संरक्षणमुलक विविध सचेतना मुलुक कार्यक्रमहरु भईरहेका छन् ।
गणले अभियान अन्र्तगत माडी नगरपालिकाको वडा नम्बर ८ अयोध्यापुरी स्थित राष्ट्रिय आधारभुत विद्यालयको प्राङगणमा निम्न स्तरको आयआर्जन भएका बिद्यार्थीहरुले कक्षा ५ सम्मको अध्ययन गर्ने भएकोले सचेतना कार्यक्रम गरिएको थियो ।

 साथै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको पठनपाठन तथा खेलकुदको विकास होस भन्ने उद्देश्यले खेलकुद र पठनपाठनको सामाग्रीहरु कपि र कलम समेत वितरण सेनाले गरेको थियो ।
सो अवसरमा बोल्दै माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले निकुञ्जको ईतिहासमा नै सेनाले संरक्षणमा उदाहरणीय काम गरेको भनेर प्रशंसा गरेका थिए । उनले संरक्षणको काम गर्दा सेनाले माडीवासीको समस्यालाई समेत ध्यान दिन आग्रह गरे ।

Comments

Top