डेंगु नियन्त्रणमा हाम्रो मात्र केही लाग्दैन : सरकार

gokul

 ‘इण्डो–प्यासिफिक प्रकरणः पूर्ववत मान्यतामा कुनै परिर्वतन आएको छैन’


काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालले छिमेकी र अन्य मित्र राष्ट्रहरुसँग गरिने व्यवहार र मान्यताहरुमा कुनै परिवर्तन नआएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री रहेका बास्कोटाले नेपालले मित्र राष्ट्रहरुसँग सचेततापूर्वक व्यवहार गर्दै आइरहेको बताउँदै सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने पनि स्पष्ट पारे ।

नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसँग व्यवहार गर्ने बताउँदै मन्त्री बास्कोटाले भने–‘इण्डो प्यासिफिकका बारेमा वा बिआईआरका सम्बन्धमा, स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रहरुसंग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौ र गर्दे आएका छौ। पूर्ववत मान्यतामा कुनै पनि विचलन र परिर्वतन आएको छैन।’

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको सार्वजनिक अभिव्यक्ति र त्यसमा अमेरिकी सरकारले नेपाल सरकारको धारणा मागेको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बास्कोटाले यस्तो धारणा राखेका हुन् ।

अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ।

दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेका प्रेस विज्ञप्तिहरूमध्ये एउटामा नेपालले ‘आफ्नो भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिन अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको’ जनाइएको थियो ।

विदेशमन्त्री वाङले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत सत्तारूढ दलका अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी नेता शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

बेइजिङबाट जारी अन्य विज्ञप्तिमा नेपाल–चीन सम्बन्धलाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को खाकाभित्र रही विकास साझेदारी अगाडि बढाउने कुरो उल्लेख भए पनि दाहालसँगको भेटबारे जारी विज्ञप्तिमा चाहिँ इन्डो–प्यासिफिक रणनीति अस्वीकृत भएको प्रसंग आएको हो ।
सम्मेलनमा उनले डेंगु संक्रमण नियन्त्रण बाहिर नभएको नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारे। बैशाखदेखि देखिएको डेंगु संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी, सर्वसाधारण लगायत सबै क्षेत्रबाट पहल हुँदै आइरहेको पनि उनले बताउ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले विश्वभर ३९/४० करोड मानिस डेंगु प्रभावित बनेको तथा ३ अर्ब मानिसहरु संक्रमणको जोखिममा रहेको देखाएको उल्लेख गर्दे उनले यसको नियन्त्रण सरकारको एक्लो प्रयासले संभव नहुने बताए। डेंगु नियन्त्रणमा स्रबैकाे सहयाेग र सहकार्य आवश्यक रहेकाे उनकाे भनाइ थियाे ।

मन्त्री बास्कोटाले राष्ट्रिय गानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे । फिल्म हल र पशुपतिनाम मन्दिरमा आरतीअघि राष्ट्रिय गान बजाउनेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा सरकारका प्रवक्ता बाँस्कोटाले प्रचलित परम्परा र कानुन बमोजिम नै निर्णय भएको भन्दै राष्ट्रिय गानलाई मुद्दा बनाउन नहुने स्पष्ट पारे।

उनले भने-‘राष्ट्रिय गान स्वतन्त्रता, मर्यादा, आत्म स्वाभिमान, राष्ट्रिय गौरवको विषय हो। एकताको प्रतिबिम्व हो । त्यसकारण राष्ट्रिय गानलाई मुद्दा बनाउनुपर्ने कुनै कारण छैन।’

उनले फिल्म हलमा अनिवार्य राष्ट्रिय गान बजाउने आफूलाई थाहा नभएको बताए। ‘फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा मैले पनि सुनिरहेको छु। फिल्म क्षेत्रको मन्त्रालय यहीँ हो। तर, मलाई चाहीँ थाहा भएन’, उनले व्यंग्य गर्दै भने, ‘पहिला पहिला त भन्थे मान्छेहरु हावा नचली पात हल्लिँदैन। अहिले त हावा नै नचली पात हल्लेको देखेर छक्क परेको छु, कुन युग हो भनेर प्रश्न गर्न मन लागेको छ।’

 

Comments

Top