भक्तपुर फुटसल गोल कप–२०१९ को उपाधि विनायकलाई

futsal

  भक्तपुर । ‘हामी सक्छौं’ भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालले आयोजना गरेको यु–१६ अन्तरविद्यालय फुटसल गोल कप–२०१९ को उपाधि बिनायक शिक्षा निकेतन स्कुलले जितेको छ ।

प्रतियोगितामा दृतिय र तृतीय क्रमशः ब्लु बर्ड स्कुल र क्याण्डिड इन्टरनेशनल स्कुल भए । प्रथम हुन सफल बिनायकले बीस हजार नगद र दृतिय ब्लु बर्डले दस हजार नगदसहित प्रथम, दितिय र तृतिय विद्यालयहरुलाई प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडिको रुपमा ब्लु बर्ड स्कुलका सन्तोष खड्का ट्रफी र नगद दुई हजार सहित पुरस्कृत भए भने उत्कृष्ट किपर र सर्वाधिक गोलकर्ता तर्फ भने क्रमशः बिनायक स्कुलका सौजन उदास र सुशील मानन्धरलाई पुरस्कृत गरियो ।

सुटर्स फुटसलमा आयोजना गरिएको प्रतियोगितालाई सुर्यबिनायक र चागुनारायण नगरपालिकाको सहकार्य तथा बिभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुको समन्वय रहेको थियो ।

प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा यस्ता प्रतियोगिता आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा, युवा अभियान्ता बिष्णुहरी दाहालले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उपस्थिति अतिथिहरुलाई स्वागत एंव कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका सस्थापक दिपेश बिसुङ्केजले अबको समाज परिवर्तनको नेतृत्व युवा पुस्ताहरुले लिनु पर्ने र प्रतियोगिता पश्चात् भक्तपुर जिल्लामा युवाहरुको क्षेत्रमा भईगरेका विकृति र विसंगतिको विरुद्ध लड्न हामी सक्छौं भन्ने अभियानमा साथ सहयोग गर्न आग्रह गरे ।

‘हामी सक्छौ’ अभियान सञ्चालनका लागि स्रोत सकलनार्थ प्रतियोगिता आयोजना गरिएको बताउँदै आयोजक संस्थाका सचिव श्रीकृष्ण थापाले संस्थाले अवको एक बर्ष भित्र ‘असमनताकाविरुद्ध हामी लड्न सक्छौं र स्वदेशमै हामी केही गर्न सक्छौं’ भन्ने अभियान सञ्चालन गर्ने पनि बताए ।

Comments

Top