बालकोटमा भएको आगलागि नियन्त्रणमा

Fire at Balkot
भक्तपुर ।
सूर्यविनायक नगरपालिका–२ बालकोटको रेडक्रस भवन नजिकै रहेको दुर्गा कपडा रिफाइनरी उद्योगमा भएको आगलागी प्रहरी लगाएत सुरक्षा निकाय तथा स्थानीयहरुको सक्रियताका कारण नियन्त्रयणमा आएको छ ।

Fire 2

बिहान ५ बजे अचानक लागेको आगो उपत्यकाका तिनैवटा जिल्लाका वारूण यन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस लगाएत स्थानीयहरुको सक्रियतामा नियन्त्रणमा आएको भक्तपुर प्रहरी परिसरका प्रमुख एस.पि सबिन प्रधानले माइन्युजनेपाललाई बताए ।  प्रधानका अनुसार आगलागीका नियन्त्रणका क्रममा नेपाल प्रहरीक प्रहरी जवान श्याम प्रसाद त्रिपाठी सामान्य घाइते भएको र उनको समिट अस्पतालमा उपचार भइरहेको छ।

fire 3

आगलागीका कारण मानबिय क्षति नभएपनि उद्योगका सम्पूर्ण कपडा लगाएत मेसिनहरु पूर्णरुपमा जलेर नष्ट भई करिब २५ लाख बराबरको क्षति भएको बताइएको छ ।

Comments

Top