ठगी अभियोगमा बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जना पक्राउ

baink of ktm

 काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बैंकिङ ठगी अभियोगमा बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको छ ।

 कमसल धितोमा ऋण लिएको अभियोगमा श्रेष्ठसहित बैंकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

 नक्कली जग्गाधनी प्रमाणपत्र राखेर बैंकबाट ५ करोडभन्दा बढी रकम निकालेको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो । सिआईबीका अनुसार बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए ।

 

Comments

Top