महालक्ष्मी युवा बिकासको आयोजनामा दौड प्रतियोगिता हुदै प्रथम हुनेलाई ७५ हजार पुरस्कार

71236473_406538630243321_3720024866175320064_n
ललितपुर ।
महालक्ष्मी युवा बिकास समाजको आयोजनामा भ्रमण वर्ष २०२० लाई लक्षित गरी भोली अर्थात शनिबार करिव ८ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । भ्रमण वर्षको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त दौड प्रतियोगितामा ७ सय जना भन्दा बढिको सभागिता रहने समाजका सचिव सुजित बस्नेतले बताए । महालक्ष्मी नगरपालिका इमाडोलबाट सुरु हुने प्रतियोगिता ललितपुरको पुरानो सहर सनोगाउँ, लुभु हुँदै लामाटरको सिस्नेरीमा पुगेर सम्पन्न हुने छ ।

कार्यक्रमको उद्घाटन सांसद एवम् सत्तारुढ दल नेकपाका केन्द्रिय सदस्य पम्फा भुसालले गर्ने समाजका अध्यक्ष सन्जिब रोक्काले बताए । अध्यक्ष रोक्काका अनुुसार दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ७५ हजार, ५० हजार र ३० हजार पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा ललितपुरका स्थानीय जनप्रतिनिधिहरु, खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार सिलवाल, स्थानीय युवा तथा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ ।

Comments

Top