एसपी मल्लको गैरजिम्मेवारीले ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, प्रहरी बन्यो रमिते

spmalla

 चितवन । कमजोर सुरक्षाको फाईदा उठाउंदै नेकपाका कार्यकर्ताहरुले चितवनको भरतपुरमा ज्ञानेन्द्र शाहीमाथि निर्घात रुपमा कुटपिट गरेका छन्।  शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गर्दा समेत प्रहरीले सुरक्षा दिन सकेन ।

 शाहीको टाउकोमा चोट लागेको छ । शाहीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । नेकपा कार्यकर्ताको कुटाइबाट अन्य दुई जना समेत घाइते भएका छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।

 प्रहरीले कुटपिटमा सँलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेको छ। पछिल्लो समयमा शाहीको खरो अभिव्यक्तिका कारण नेकपाका कार्यकर्ताहरु रुस्ट बनेका थिए। प्रहरीलाई शाही चितवन आएको जानकारी थियो ।

 शाही चितवन आउंदा उनका समर्थक र नेकपाका कार्यकर्ताहरुबीच भिडन्त हुने अनुमान पनि थियो। शाही जुनसुकै पार्टीका कार्यकर्ता भए पनि नागरिकलाई सुरक्षा दिने जिम्म्मेवारी प्रहरीको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानवहादुर मल्लले घटना हुन सक्ने संभावनालाई वेवास्ता गर्दा नेकपाका कार्यकर्ताहरुले शाही माथि कुटपिट गर्न सफल भएका हुन ।

 एसपी मल्ल चितवन प्रवेस गरेदेखी नै बद्नाम भइरहेका छन्। जागिर सकिने मुखमा रहेका एसपी मल्लले चोरी गिरोहलाई सार्वजनिकमा मुद्दा चलाएर असुली धन्दा चलाएका छन् । चितवनमा सुरक्षा अवस्था यति सम्म खस्किएको छ कि केही समय अघि गृहमन्त्रीको नाममा रकम असुल्ने गौरब ढकालले उनै मल्लको सामुन्ने एक व्यवसायीलाई ज्यान मार्ने धम्की नै दिएका थिए ।

राजनीतिक आडमा अवकाश हुने बेलामा चितवन जस्तो जिल्लाको इन्चार्ज भएका एसपी मल्लले  शान्तिसुरक्षा कायम गर्नेतिर भन्दा पनि ब्यक्तिगत आयआर्जनलाई नै प्राथमिकता दिंदै आएको उनकै गतिबिधीबाट देखिएको जिल्लाकै प्रहरी अधिकारीहरु वताउँछन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘बा’ भन्ने साइनो लगाएर उनी एकपछि अर्को आकर्षक पोष्टिङ पाउँदैआएका छन् । अवकाशको मुखमा महत्वपूर्ण जिम्मेवारी नदिने नीति प्रहरीदेखि सबै सरकारी सेवामा छ ।

 तर, राजनीतिक शक्तिको आडमा उनी चितवन जस्तो प्रहरीका लागि गहन जिम्मेवारी र दायित्व वहन गर्नुपर्ने आकर्षक जिल्लामा सरुवा भए । चितवनमा सरुवा भएपछि उनको ध्यान नै जसरी हुन्छ कमाउमै केन्द्रित हुँदै गएको आरोप प्रहरी अधिकृतहरूको रहेको छ । मल्लकै  कारण चितवनमा प्रचन्डको एकपछी अर्को गर्दै बद्ननाम भइरहेको छ। 

  उनको असुली धन्दाको बारेमा तीन नम्वर प्रदेशका प्रह्री प्रमुख डिआईजी शेरवहादुर वस्नेत जानकार भए पनि मल्लको राजनीतिक पावरका कारण बस्नेत निरीह बनेको प्रहरी स्रोत वताउँछ।

  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा समेत मल्लले कमजोर अनुसन्धान गरेर घटनालाई 'ट्याकल' गर्न नसक्दा सर्वसाधारण जनताले प्रचन्ड र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालप्रति सामाजिक सन्जालभरी आक्रोश व्यक्त गरेका थिए । 

 

Comments

Top