क्यानको निर्वाचनमा चतुरबहादुर चन्दको समूह क्लिन स्विप

chutur

 काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा चतुरबहादुर चन्दको समूहले क्लिन स्विप गरेको छ। पूर्वअध्यक्ष विनयराज पाण्डेलाई अत्यधिक मतले हराउँदै चन्द क्यानको अध्यक्षमा निर्वाचित भएका गरेका थिए ।

शनिबार भएको निर्वाचनमा निर्वतमान अध्यक्ष चन्दले कुल ५९ मत खसेकोमा ४४ मत प्राप्त गरेका थिए । पूर्वअध्यक्ष पाण्डेले भने १५ मत मात्रै हासिल गरेका थिए।

यस्तै चन्दकै समूहका राजबाबु श्रेष्ठ उपाध्यक्षमा, अशोकनाथ प्याकुरेल सचिवमा र कोषाध्यक्षमा रोशनकुमार सिंह निर्वाचित भएका छन्।
नेपाली क्रिकेट फुकुवा हुनसकेको छैन। तर क्यानको यो निर्वाचनलाई उक्त प्रतिबन्ध फुकुवा हुने प्रक्रियाका रूपमा लिइएको छ। यस निर्वाचनमा राखेप र आईसीसीको प्रतिनिधित्वको सक्रिय सहभागिता छ।

यसअघि भएको २०७२ सालको निर्वाचनलाई आईसीसीले मान्यता दिएको थिएन। जुन निर्वाचनमा चन्द नै अध्यक्षमा निर्वाचित भएका थिए ।

सो निर्वाचनपछि राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले तदर्थ समिति तयार गरेपछि नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले प्रतिबन्ध लगाएको हो।

Comments

Top