सुनको मूल्यमा गिरावट

gold shop

 काठमाडौं । लगातार नेपाली बजारमा उच्च अंकले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार भने प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

Comments

Top