तीन एसएसपी सहित ३ हजार ५९६ जनाको दरबन्दी स्वीकृत

nepal police_1

  काठमाडौं । गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले नेपाल प्रहरीमा तीन एसएसपीसहित ३ हजार पाँच सय ९६ जनाको दरबन्दी स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दरबन्दी थपको निर्णय गरेको हो । गृहमन्त्रालय स्रोतका अनुसार जनपद समूहतर्फ दुई र प्राविधिकतर्फ एक एसएसपीको दरबन्दी थप गरेको हो।

थप दरबन्दी अनुसार प्राविधिकसहित चार जना एसपी, २१ जना डिएसपी, ४७ जना इन्स्पेक्टर, ८६ जना सई, २ सय ९७ असई, ६ सय ८३ प्रहरी हवल्दार, २ हजार २ सय १६ प्रहरी जवान र २ सय ३९ प्रहरी कार्यालय सहयोगी पद रहेका छन् ।

Comments

Top