महरा बलात्कार प्रकरणबारे गृह मन्त्रालयमा छलफल

maharane

 काठमाडौं। सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपबारे गृह मन्त्रालयमा गम्भिर रुपमा छलफल भएको छ।

 सोमबार दिउसो गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले यो विषयमा प्रहरी नेतृत्वसँग कुरा गरेर कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको छ। यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत औपचारिक रुपमा गृहमन्त्रालयले जानकारी गराएको बुझिएको छ। 

 सभामुख महरालाई संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी छिन् । आइतबार बेलुका राजधानीको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले जबर्जस्ती गरेको ती महिलाको दाबी छ । सभामुख महराले भने आफूमाथि लागेको आरोप निराधार र कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन् ।

 ति पीडित महिलालाई जाहेरी दिन कार्यालयमा बोलाएको बुझिएको छ । तर, उनी प्रहरीमा गएकी छैनन् । काठमाडौं प्रहरीले सरकारबाट आउने औपचारिक धारणालाई आधार बनाएर कारवाही प्रकृया अगाडि बढाउने जनाएको छ।

Comments

Top