सभामुख महरालाई राजीनामा दिन नेकपाको सुझाव

maharane

  काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले महरालाई पदबाट राजीनामा दिन भनेको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुसन्धानका लागि मार्गप्रशस्त गर्न सभामुख र सांसदबाट महराले राजीनामा दिनु पर्ने पार्टीले निर्णय गरेको जानकारी गराए ।

बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापालगायतका सचिवालय सदस्यहरु सहभागि थिए ।

Comments

Top