२५ गते नेपाल आउँदै चिनियाँ राष्ट्रपति सी

c

   काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीन पिङले आगामी २५ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सी २५ असोजमा नेपाल आउने भएका हुन् ।

यसअघि सी ले नेपाल भ्रमण गर्ने भनिए पनि मिति भने तय हुन सकेको थिएन । भारतको भ्रमणमा निस्किएका सी स्वदेश फर्किदा नेपाल भ्रमण गर्ने भएका हुन् ।

सीको भ्रमणलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च बनाइएको सुरक्षा अधिकारीहरूले जानकारी गराएका छन् ।

Comments

Top