अन्तत: जबर्जस्ती करणी उद्योगको मुद्दामा महरा पक्राउ

maharapakrau

 काठमाडौं । बलात्कार काण्डमा मुछिएका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।

 महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ ।

 महरालाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखिएको छ  । शुक्रबार पीडित रोशनी शाहीले जाहेरी दिएपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

  संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै पदबाट राजिनामा दिएका महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता भएको थियो। जाहेरी प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त बानेश्वरले महरालाई पक्राउ गर्न पक्राउ आदेशको माग गर्दै आज  काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गरेको थियो।

 प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा  महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ ।महराले दबाबमा पारी रोशनीको बयान फेर्न लगाएका थिए। 

Comments

Top