विधी र कानुनमा अडिक आईजीपी खनाल, जसले कसैलाई छाडेनन्

khanalkam

 काठमाडौं। कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा कमजोर अनुसन्धानका कारण नेपाल प्रहरीको शाख गुमेको भन्दै चर्को आलोचन हुँदै आएको छ। पन्तको हत्यापछि प्रहरीका विभिन्न युनिटले अनुसन्धान गरिरहँदा मानव अधिकारवादी संस्थाहरुको डिजाइन र भिडका कारण प्रहरीको अनुसन्धानमा हस्तक्षेप हुन गइ उनीहरुकै दबाबमा अनुसन्धान मोडिएर निर्दोश प्रहरी अधिकारीहरु समेत कारवाहीमा परे।

 अनुसन्धानमा काबिल मानिने आईजीपी सर्वेन्द्र खनाललाई असक्षम बनाउन संगठन भित्र र बाहिरबाटै निर्मला पन्त प्रकरणलाई उचालेर अनुसन्धानलाई नै प्रभावित बनाइएको थियो। जसका कारण आगो झै फैलिएको भिडले ठुलो रुप लिन गई निस्पक्ष रुपमा प्रहरीले काम नै गर्न पाएन। प्रहरीद्वारा पहिला दोशी ठहर भएका कथित मानसिक रोगी दिलिप सिंह बिष्ट  घटनामा सँलग्न नरहेको भन्दै आएकी  स्वयम निर्मलाकी आमाले समेत अहिले शंकाको घेरामा राखेर दोशी किटान गर्न लागेकी छन्।

 भिडलाई नै आधार बनाएर आफ्नै संगठनका कर्मचारीलाई बलिको बोको बनाउने एआईजी धिरु बस्नेत आज डिआईजीको हैसियतमा बसेर काम गरिरहेका छन् भने आईजीपी खनाल आफु अबकाश हुनु अघि नै पन्तका हत्यारालाई कानुनी दायरामै ल्याएर छाड्ने अठोटका साथ काम गरिरहेका छन्।

 एआईजी बस्नेतले यदि भिडलाई आधार बनाएर काम नगरेको भए सिआइबीमा कार्यरत काबिल अधिकारीहरु आज कारवाहीमा पर्दैनथे। पन्त प्रकरणपछि आईजीपी खनालले प्रहरीमा रोकिएका सरुवा बढुवादेखी संगठनमा धेरै राम्रा काम गरे।

 तर, उनी बिरुद्द लाग्दै आएको समुहले त्यस्ता कामहरुलाई ओझेलमा पार्ने काम मात्र गरेको प्रहरीका अधिकांश उच्च अधिकारीहरु नै वताउँछन्। राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पुरस्कार पाएर चर्चा कमाएको नेपाल प्रहरीलाई बद्ननाम गर्न संगठित रुपमा गिरोहलाई प्रयोग गरिएको कुरा हालसालै हुँदै नभएको भ्रस्टाचार प्रकरणलाई मिडियामार्फत उचालिएको घटनाबाट पनि प्रस्ट देखिन्छ।

 आईजीपी खनाल देश र जनताको लागि भन्दै संगठनलाई गति दिने गरि काम गरिरहंदा गृहमन्त्री रामवहादुर थापाका भाई नरेश थापा ज्यान मुद्दाका अपराधीसँग मिलेर फिरौतीमा सँलग्न रहेको अभियोगमा पक्राउ परे।

 तर,अपराध र अपराधीसँग कहिल्यै नझुक्दै आएका आईजीपी खनालले गृहमन्त्री थापालाई नै कन्भिन्स र सहमत गराएर नरेशलाई पक्राउ गर्न मातहतको निकाय सिआईबीलाई निर्देशन दिएको गृहकै अधिकारीहरु नै वताउंछन् । जुन घटनालाई उचालेर आईजीपी खनाललाई हटाउन शुरुकै गिरोह (संगठनभित्र र बाहिरको ) ले राजनीतिक रुपमा चलखेल समेत गरेको थियो।

 उक्त गिरोहले गृहमन्त्री थापालाई समेत उचालेको थियो। गिरोहले मिडियामा एउटै लबिङ गरेको हुन्थ्यो- प्रहरी संगठनमा चरम राजनीतिक हस्तक्षेप छ, यो नेकपाको निर्देशनमा चल्दै आएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओली समेत आईजीपी खनालका कामबारे जानकार थिए, उनले प्रहरीमा कुनै हस्तक्षेप गर्न हुँदैन भनेर गृहमन्त्री देखी गृह सचिवसम्मलाई निर्देशन दिंदै आएको गृह स्रोत वताउँछ।

 बिप्लब समुहका आपराधिक गतिबिधीलाई कानुनी दायरामा ल्याउन समेत चुनौतीको सामना गर्दै आएका आईजीपी खनालमाथि गृहमन्त्री थापाका भाईको प्रकरणपछि अर्को चुनौती थपियो महरा प्रकरण।संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै पदबाट राजिनामा दिएका महरालाई कानुनको पाठ सिकाउन खनाललाई त्यति सहज थिएन। सभामुख महराले आफू महिलाको कोठामा नगएको दावी गर्दै आएका थिए ।

 तर, प्रहरीले संकलन गरेको प्रमाणहरुले उनी महिलाको कोठामा गएको खुलेको थियो। घटनास्थलबाट प्रहरीले सभामुख महराको भाँचिएको चम्मा, जुत्ताको तलुवा लगायत सबुत प्रमाण संकलन गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र आईजीपी खनालबीच भएको छलफलमा महरा पीडित महिलाको कोठामा गएको र दुर्व्यवहारको प्रयास गरेको पुष्टि भएपछि प्रधानमन्त्रीले अनुसन्धान अगाडि बढाउन खनाललाई निर्देशन दिएका थिए। 

 महराको दबाबमा बयान फेरेकी रोशनीले अन्तिममा महराबिरुद्द किटानी जाहेरी दिएपछि महरालाई पक्राउ आदेशको माग गर्दै प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गरेको थियो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै महरालाई पक्राउ गरेर साहसिक काम गरेको छ। महरा पक्राउ घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री थापा र आईजीपी खनाल देशमा बिधिको शासनलाई लागु गराउन कति पनि बिचलित छैनन् भन्ने देखाएको छ ।

Comments

Top