विदेशी पर्यटकले मनाए सौराहामा दशैँ

sauraha

 चितवन । नेपालीहरु मात्र मनाउने गरेको दशैँ मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकहरुले समेत दशै मनाएका छन् । पर्यटकलाई यहाँको वनवन्यजन्तु, बाघ, गैडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँतिहार, लगायत चाडढवाडले पनि तान्ने गरेका छ। विदेशीलाई दशैँको माहौल विशेष लाग्ने गर्छ। जमरा, टीका र चंगा चेटमा उनीहरू रमाउने गरेका छन्।

ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीया पर्यटक रिमाडो टिकोलीले यस पटक टिका र जमरासगौ नेपालीहरुको दशैँ मनाउन पउदाँ निकै खुसी देखिन्थे ।
मैले नेपाल घुम्न आउदाँ नेपाली परम्परामा रमाएको कुरा खुनेको मात्र थिए, तर आज सपना भिलेज आएर टिक र जमरा लगाएर दशौ मनाएको छ। धन्यवाद नेपालीहरु ।
उनी मात्र होईन् उनकै आएका अर्को पर्यटक जोसिलो कोस्टा पनि निकै हर्षित देखिन्थे । र भने म त अब नेपाद दशै आउछु, कति रमाईलो दशै मनाए ।

सौराहाको सपना भिलेजले हरेक बर्ष जस्तै यो बर्ष पनि दुर्गा पुजा गर्दै पर्यटकहरुलाई समेत दशैँ मनाउने परम्परालाई निरन्तरता दिएको सपनाका प्रबन्ध निर्देशक धुव्र गिरीले भने, पर्यटकहरुलाई हाम्रो संस्कृति समेत पहिचान गराउनुपर्छ, भनेर सुरु गरेका हौँ, दशै नेपाल घुम्न आउने पर्यटकहरुलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहान्छौँ ।

‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु,’ विदेशी पर्यटक मेरिकोलले भनिन् ।
चितवनको सौराहामा यतिवेला पर्यटकीय सिजन सुरु भईसकेको छ । भने यहाँ आउने विदेशी पर्यटकहरुलाई हरेक होटलले दशौ मनाउने परम्परा बनाएका छन् ।

 

 

Comments

Top