एनआरएनए महाधिवेशनको तयारी तीव्र, मध्यपूर्वका प्रविन चुनावी महोलमा व्यस्त

nrna

 काठमाडौं।  गैर आवसीय नेपाल संघ (एनआरएनए)को चुनावी माहोल तातेको छ । विदेशमा रहेका नेपालीहरु यतिवेला आफ्नो घरपरिवारसगैँ रमाउन र चुनावी माहोलका लागि नेपाल केन्द्रित भएका छन् ।

 जसमा पनि अझ उनीहरु यतिवेला दशैँ मनाएर राजधानी काठमाडौँमा केन्द्रित हुदै चुनावी सरगर्मीमा होमिएका हुन् । हिजो एनआरएनएको केन्द्रिय कार्यालयमा विशेष कार्यक्रम गर्दै आफ्नै नयाँ सुविधासम्पन्न नवनिर्मित भवनको एनआरएनएका अध्यक्ष भवन भट्ट र निर्वतमान अध्यक्ष शेष घलेले संयुक्त रुपमा एनआरएनएको झण्डातोलन गर्दै उद्धघाटन गरेका थिए ।

 baharainकार्यक्रममा विशेष जलपान समारोह समेत गरिएको थियो, भने विभिन्न मुलूकहरुबाट सम्मेलनमा भाग लिन आएका सयौं गैर आवासीय नेपालीहरुको सहभागिता रहेको थियो । असोज २८ देखि ३० सम्म सम्पन्न हुन गइरहेको नवौं गैरअवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्रािष्ट्रय महधिवेशनमा सहभागी हुन आएका निर्वाचन प्रतिनिधिहरु तथा सहभागीहरुको नाम दर्ता गर्ने कार्य पनि संघको सचिवालय वालुवाटारमा पुनः सुरु गरिएको छ ।

 prabine

 सचिवालयले हाल सम्म १ हजार २ सय २० जना प्रतिनिधि तथा सहभागीहरुले नाम दर्ताको लागि आवेदन दिईसकेको पनि जनाएको छ । यसैविच हालसम्म संघको नयाँ नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य आ आफ्नो समुह बनाई चुनावी मैदानमा उत्रिएका छन् । यस्तै विगत एक दशक बढी समयदेखि मध्यपूर्वको विकसीत मुलुक कतारमा रहेर सफल युवा व्यवसायीका रुपमा स्थापित प्रविन गुरुङ समेत चुनावी मैदानमा उत्रिएका छन् । उनी यो पटक मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी दिई चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । हाल उनी उपसंयोजक हुन् ।

 naya

 नयाँ युग, युवाको युग, युवाले गर्नुपर्छ परिर्वतन भन्ने भावलाई आत्मसाथ गर्दै गुरुङले “मध्यपूर्वका श्रमिकको हितको लागि एकता सवल सक्षम र समन्वयकारी एनआरएनए आजको आवश्यकता सुरक्षित र सम्मानित श्रमिकका लागि खबरदारी त्यसका लागि मेरो उम्मेदवारी” भन्ने नारा तय गरेका छन् ।

 उनी मध्यपूर्वका सबै मुलुकहरुमा आफै पुगेर त्यहाँ रहेका नेपालीहरुको समस्याहरु बुझेर नेपाल आएका हुन् । 

kubet

 

Comments

Top