नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई राष्ट्रपतिको आव्हान

nrnpresident

 काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्मेलनको उद्घाटन गरेकी हुन् ।
सो अवसरमा बोल्दै भण्डारीले नेपालमा व्यक्तिगत तथा सामूहिक लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आव्हान गरेकी छन् । 

 नेपालमा लगानीको वातावरण बनेको भन्दै आन्तिरिक र वाह्य वातावरणमा विश्वभर आर्जेको ज्ञान समुन्नत नेपाल निर्माणका लागि लगानी गर्न सबै एनआरएनएलाई आव्हान राष्ट्रपति भण्डारीले गरेकी हुन् ।
गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताएका छन्। उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरेका छन् ।

 आजदेखि सुरु भएको एनआरएनएको विश्व सम्मेलनमा विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी छन्। सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए।

 उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे।नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताएका छन्।

एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनले आगामी कार्यकाल २०७६र७८ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

Comments

Top