आईसीसीले निलम्बन फुकुवा गरेको भोलिपल्टै किन आयो कप्तान पारसको राजिनामा ?

paras_1

  काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो ।

पारसले प्रेस विज्ञप्तीमार्फत कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।

नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी(ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।

उनले आफूलाई साथ दिने सम्पूर्ण खेलाडी, कोच, अम्पायर, ग्राउण्डस्म्यान तथा शुभचिन्तक र परिवारलाई धन्यवाद दिँदै नयाँ सुरुआतका लागि राजीनामा दिएको उल्लेख गरेका छन्।

Comments

Top