बञ्चरो प्रहार गरी एक महिलाको हत्या, २ घाइते

hatya

  काठमाडौं । आपसी झगडाका क्रममा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा मकवानपुरमा एक महिलाको ज्यान गएको छ ।

बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गर्दा सन्तमाया लोको ज्यान गएको हो ।

पाख्रिनले जथाभावी बञ्चरो प्रहार गर्दा मृतक महिलाका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान घाइते भएका छन् । बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

Comments

Top