पोखरा पल्टनलाई हराएर लगातार दोस्रो जित निकाल्याे विराटनगरले

wlc

  काठमाडौं । वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

विराटनगरले आज भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको हो। पोखरा भने लगातार दोस्रो खेलमा पराजित भएको हो। यसअघि पोखरा पहिलो खेलमा चितवन राइनोजसँग हारेको थियो।

विराटनगरले भने पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई पराजित गरेको थियो। त्रिवि मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन जोड्यो।

पोखराका लागि कप्तान सीता रानामगरले १६ रन जोडिन् भने कविता कुँवरले नटआउट २२ रनको योगदान दिइन्।

बलिङमा विराटनगरकी सबनम राईले २ विकेट लिइन् भने सोनु खड्काले १ विकेट हात पारिन्। सबनमले ४ ओभरमा ८ रन मात्र खर्चिइन्। सबनम प्लेयर अफ दि म्याच भइन्।

९४ रनको लक्ष्य विराटनगरले १५ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो। विराटनगरका लागि ज्योती पाण्डेले २२ रन जोड्दा लक्ष्मी चौधरीले २३ रन बटुलिन्। अस्मिना कर्माचार्यले नटआउट १६ रनको योगदान दिइन्।

Comments

Top