महरामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप, तिहारमा पनि हिरासतमै बस्नु पर्ने

maharapakrauकाठमाडौं। बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरामाथि अनुसन्धान गर्न सात दिन म्याद थप गरेको हो । 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेका महराको हिरासत भने अस्पतालमा बित्ने गरेको छ । रोशनीको घाउचोट, कोठामा भेटिएका चस्मा र जुत्ता तलुवा लगायतको जाँच गर्न प्रहरीले आफ्नो विधिविज्ञान प्रयोगशालामा पठाएको थियो। कतिपयको रिपोर्ट आए पनि कतिपयको आइनसकेको काठमाडौं प्रहरी प्रमुख तथा एसपी उत्तमराज सुवेदीले बताए।
असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप उनीमाथि लागेको छ। महराको दसैं हिरासतमै बितेको थियो।

अब उनीमाथिको अनुसन्धान कात्तिक १४ गतेसम्म सकिसक्नुपर्छ।

शुक्रबार नै महराको अनुसन्धान गरेर सरकारी वकिलमा नबुझाए उनी तिहारसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।

 

Comments

Top