म्यानचेस्टर युनाइटेडसँग पार्टिजन बेलग्रेड पराजित

macnhester

  काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा पार्टिजन बेलग्रेडलाई पराजित गर्दै जीत हात पारेको छ ।

गएराति भएको समूह ‘एल’ को खेलमा युनाइटेडले पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियलले गोल गरे ।

खेलको ४३ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीको सदुपयोग गर्दै मार्सियलले गोल गरे । यो गोलसँगै युनाइटेडले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै युनाइटेडले जित निकालेको हो ।

Comments

Top