रोनाल्डोको गोलसँगै युभेन्टस शिर्ष स्थनमा

ronaldo

  काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इन्ज्युरी समयमा गरेको गोलका कारण युभेन्टस अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । इन्ज्युरी समयमा पेनाल्टीबाट गोल गरेपछि इटालीको सिरी ए मा युभेन्टसले १० खेलाडीमा सीमित जेनोआलाई २–१ ले हराएको हो ।

यसको ठीक अगाडि रोनाल्डोको गोललाई भारले रद्द गरेको थियो ।

फ्रान्सिस्को कासाटाले रातो कार्ड खाएर मैदान छाडेपछि खेलको आधा घन्टा जेनेआ दबाबमा खेल्न बाध्य रह्यो ।खेलको अन्त्यतिर युभेन्ट्स आफै १० खेलाडीमा सीमित रह्यो ।

Comments

Top