बलात्कार आरोपमा पक्राउ परेका राई बर्खास्त

rai

   काठमाडौँ । साथीकी बहिनी १८ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता इन्द्रहाङ राई बर्खास्तीमा परेका छन्।

हिरासतमा रहेका अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका हुन् ।

आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार नै एक विज्ञप्ति जारी गर्दै राईलाई बर्खास्त गरेका हुन्।

संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

ती किशोरीले प्रहरीलाई राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको आफ्नो साथीको कोठामा लगी बलात्कार गरेको बयान दिएकी छन् ।

यस्तो थियो घटना
दिदीको सँगै पढ्ने साथी भएकाले ती किशोरीले राईलाई दाइ भनेरै सम्बोधन गर्थिन् । सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो ।

भाइटीकाको अघिल्लो दिन उनी कोठामा एक्लै थिइन् । दिउँसो राईले फोन गरे र ३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू भनेर डाकेपछि उनी राइले बोलाएको ठाउँ जोरपाटी पुगेकी थिइन् । त्यहाँसम्म मोटरसाइकलमा लिन आएका राइले किशोरीलाई उनका आफन्त डेरा गरेर बस्ने माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए । त्यसपछि शुरु भयो राइका कर्तुत ।

त्यहाँ राईले ती किशोरीलाई पिट्नेदेखि दुई पटकसम्म जबर्जस्ती मुखमा लिंग छिराइदिएको बयान प्रहरीलाई दिएकी छन् ।

Comments

Top