भलिवलमा नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि

nepal_1

  काठमाडौं । माल्दिभ्सलाई पराजित गर्दै नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बंगलादेशको राजधानी ढाकामा बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपालका लागि यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–८ ले जित्यो।

समूह चरणमा अपराजित नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो।

नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो।

नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक हो।

Comments

Top