मोन्टेनेग्रोलाई ७–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड युरो कपमा छनोट

harry

  काठमाडौं । मोन्टेनेग्रोलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कप फुटबल २०२० को लागि छनोट भएको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली इंग्ल्यान्डलाई युरो कपमा प्रवेश गराउने क्रममा कप्तान ह्यारी केनले ह्याट्रिक गरे ।

खेलको ११औं मिनेटमा गोल गर्दै अग्रता बनाएको इंग्ल्यान्डका लागि केनले १८औं, २४औं र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यस्तै, मार्कुस राष्फोर्डले खेलको ३०औं मिनेटमा गोल गर्दा इंग्ल्यान्ड पहिलो हाफमा नै ५–० गोलको अग्रतामा पुगेको थियो ।

खेलको ६६औं मिनेटमा मोन्टेनेग्रोका खेलाडीले आत्मघाती गोल गरेपछि अग्रतालाई ६–० मा पुर्‍याएको इंग्ल्यान्डले खेलको ८४औं मिनेटमा गोल गरेपछि खेल ७–० ले जितेको हो ।

Comments

Top