पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक

ronaldo_1

  काठमाडौं । युरो कप २०२० छनोट अन्तर्गत लिथुनियालाई ६–० गोलअन्तरले पराजित गर्दै पोर्चुगल विजयी भएको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले जीत निकाल्दा कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

रोनाल्डोले खेलको सातौं मिनेटमा पेनाल्टीमा र २२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए । खेलको ५२औं मिनेटमा एफन्सो फर्नान्डेजले, ५६औं मिनेटमा मेन्डेस पसिन्सिया र ६३औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई ५–० गोलको अग्रता दिलाए ।

खेलको ६५औं मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे भने खेल ६–० गोल अन्तरमा पु¥याए । त्यसपछि कुनै पनि गोल हुन सकेन ।


समूह ‘बी’ मा रहेको पोर्चुगलले सात खेलबाट १४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलले अब अन्तिम खेलमा यहि आइतबार लक्जमबर्गसँग प्रतिस्पर्धा गर्दैछ ।

Comments

Top