राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि सरकार सक्रिय : प्रवक्ता श्रेष्ठ

narauankaji

   भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि सरकार कुनै पनि वाहनामा पछि नहट्ने बताएका छन् ।

राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई चुनावमा जिताउनै पर्ने दावी गर्दै प्रवक्ता श्रेष्ठले भक्तपुरका जनतासामु क्षेत्र नम्बर १ (क) मा नेकपाका उम्मेदवार डीपी ढकाललाई जिताउन आग्रह गरे ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) का उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले–‘नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’

नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको दाबी गर्दै उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको बताए ।

चुनावी कार्यक्रममा नेकपा प्रवक्ता श्रेष्ठसहित सांसद् महेश बस्नेत, सांसद् रामेश्वर फुयाल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतलगायत स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।

Comments

Top