३ नम्बर प्रदेशको स्थायी नाम र राजधानी छिटो तय गर्न प्रचण्डको आग्रह

prachanda_2

  हेटौंडा । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् ।

हेटौंडामा आज आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरू उनले यस्तो आग्रह गरेका हुन् ।

संघीयता कार्यान्वय भएको यतिका लामो समयसम्म पनि प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल भएको भन्दै अध्यक्ष प्रचण्डले भने–‘राजधानी तोक्ने, नामकरण गर्ने यो प्रदेशको पनि बाँकी छ । अझै के होला कसो होला भन्ने स्थितिमा राख्न हुँदैन । केही दिनभित्रै यो कुरा टुंगिनुपर्छ ।’

Comments

Top