नेकपा २४ क्यारेट सुन,कांग्रेस तथा नेमकिपा नक्कलि सुन : सांसद बस्नेत

Mahesh-Basnet-1-2

भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपालाई २४ क्यारेट सुन भन्दै,कांग्रेस तथा नेमकिपालाई नक्कलि सुनको संज्ञा दिएका छन् । आगामी मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं. १ ९क मा प्रदेश सभाको उपनिर्वाचनको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा नेकपाका उम्मेदवार देवी प्रसाद ढकाल (डिपी)लाई विजयी गराउन नेकपा भक्तपुरद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले चुनावको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले म यो गर्छु, त्यो गर्छु भन्ने तर जनताको इच्छा र चाहना अनुसारको विकास र समृद्धिको काममा सिन्को समेत नभाच्ने बताएका छन् । नेपाली कांग्रेसले कांक्रा चोरेर आफु खाने अनि वियाँ साथीको मुखमा टाँसिदिएर यसले खायो भनेर दोष देखाउने गरेको भन्दै उनले नेपाली कांग्रेसले जनता विहिन मंचहरुमा सरकारलाई आरोप लगाउने गरेको समेत बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले भने , ‘कांग्रेसले चुनावको बेला आकाशको तारा झार्छु भन्ने अनि चुनावमा जितेपछि जनताको बङ्गरा मात्र झार्ने गरेको भक्तपुरवासी जनताको सामु छर्लङ्ग छ । अहिले नेकपाले विजयी गरेपछि देशको विकास र समृद्धिले तिव्रता पाएको छ । त्यसैले नेकपालाई मतदान गर्नु नै भाग्य र भविष्य निर्धारण गर्नु हो ।’


काग्रेसले नेपालको इतिहासमा नेपाली भूमि, उद्योग, कलकारखाना कति भारतलाई बेच्यो यो सवै कुरा जनतालाई स्पष्ट रहेको बताउँदै सांसद बस्नेतले कांग्रेसले गरेका राष्ट्रघाती कालो कर्तुतहरुको बारेमा जुनसुकै समय डाइलग गर्न तयार रहेको समेत बताए । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिमा रक्षाको निम्ती हिम्मतका साथ भारतीय सेनालाई लिपुलेकबाट हटाएर नेपाली भूमि नेपालमा नै फिर्ता गर्छौ भनि उद्घोष गर्नुभएको प्रसंग जोड्दै सांसद बस्नेतले भने "नाकावन्दीको समयमा चुइक्क आवाज निकाल्न नसक्ने कांग्रेसले अहिले आएर झुटो राष्ट्रवादी हुने घृणीत प्रयास गरेको छ ।’

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पदवाट राजिनामा गर्न लगाई अनुसन्धानलाई बाटो खुल्ला गन उच्च नौतिकता देखाउने पार्टी नेकपा मात्र भएको उल्लेख गर्दै बस्नेतले भने, ‘भ्रष्टाचारी खुमबहादुर खड्का जेलबाट बाहिर निस्कदा दुई सय केजीको माला लिएर स्वागत गर्न जाने कांग्रेसले आज भ्रष्टाचारका ठूला ठूला आदर्शका कुरा गरेर भ्रम छर्ने काम गरेको, २१ जना व्यक्तिलाई जिउँदै जलाई मार्नेलाई सांसद मन्त्री बनाई हत्यारालाई संरक्षण गरेको छ । यस्ता भ्रष्टाचारी, दलाल, हत्यारा लगायतलाई संरक्षण गरी कांग्रेसले जनतालाई आखाँमा कसिङ्गर लगाउन खोज्दै आदर्श तथा लोकतन्त्रको ठूला कुरा गर्ने गरेको छ । यो कुरा जनताले स्पष्ट रुपमा बुझ्नुभएको छ । वर्तमान समय संविधा संशोधन नभई कार्यान्वयनको भएकाले संविधानको कार्यान्वयनको सवैभन्दा ठूला बाधा कांग्रेसले गरेको छ ।’


भक्तपुर क्षेत्र नं. १ को अभिभावको रुपमा आफुले समेत काम गर्ने उद्घोष गर्दै सांसद बस्नेतले नेकपाको विजयीसँगै चाँगुनारायणको विकासले व्यापक तिव्रता पाउने बताए । इन्जिनियरिङ कलेज नगरपालिकाले सञ्चालन गरेसँगै प्रत्येक वडाका कम्तिमा १० जनाले निशुल्क पढ्न पाउने व्यवस्था हुने समेत बताए ।

कार्यक्रममा सम्बोधन गर्दै सांसद बस्नेतले नेकपाको उम्मेदवार गर्हुँगो भएको तीनै तहमा विकासको पुलको रुपमा काम गर्न सक्ने भएको उल्लेख गर्दै भक्तपुर क्षेत्र नं। १ ९क०का आम जनतालाई विकास र समृद्धिको सारथीको रुपमा सूर्य चिन्हमा मतदान गरी नेकपाका उम्मेदवार ढकाललाई विजयी गराउन समेत अपिल समेत गरेका छन् ।

Comments

Top