कास्की दुईमा कडा सुरक्षाका बीच मतदान

kaski2

 पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि आज उपनिर्वाचन सुरु भएको छ ।  कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि ३२ मतदानस्थलमा ८२ केन्द्र  रहेको छ ।

 तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घट्नामा निधन भएपछि उपनिर्वाचन भएको हो । कास्की  २ मा दलका ११ र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कुल ७१ हजार ८ सय ७१ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा सुरक्षाका लागि  नेपाली सेनाले गस्ती गरेका छन् । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको छ ।

Comments

Top