चितवनमा ओली र प्रचण्ड गुटभित्र अन्तर्घातको राजनीति, प्रभाव घुमाउँदै प्रचण्ड

olighut

 चितवन। चितवनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई 'प्रचण्ड'लाई उपनिर्वाचन परिणामले ठुलो झट्का दिएको छ। आफ्नै गृह जिल्ला तथा निर्वाचन क्षेत्र एवं छोरी रेणु दाहाल मेयर भएको भरतपुर महानगर रहेको चितवनमा भएको उपनिर्वाचनले प्रचण्डलाई झट्का दिएको हो।

 चितवनको परिणामले प्रचण्डले आफ्नो गृह जिल्लामा प्रभाव गुमाएको समेत देखिएको छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन्। प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६ मा कांग्रेसको जीत धेरै हिसावले अर्थपूर्ण छ। यो निर्वाचनको नतिजाले प्रचण्ड र रेणुको वरिपरी घुम्ने सल्लाहाकारको अहम र घमन्डीपन समेत उदाङिएको छ । 

 वडा अध्यक्षमा अमृत हमाल विजयी भएका हुन्। उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका छन् । यसअघी चितवनमा भरतपुर महानगर तत्कालिन माओवादीलाई छोड्दाको पीडाको बदला पनि स्थानिय कांग्रेस नेता कार्यकर्ताले लिएका छन्। जुन कांग्रेस नेतृत्वलाई समेत स्पष्ट सन्देश हो।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत,५ मा प्रतिमा कार्की विजयी हुँदा सत्तारुढ दलले एउटा वडामा पनि जित्न सकेनन्। खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्।

बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।

नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले जितेको छ।
नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए । खैरहनीमा ओली समुहले प्रचन्ड गुटलाई अन्तर्घात गरेको आशंका गरिएको छ भने आफ्नै क्षेत्रमा गृहमन्त्री रामवहादुर थापा समेत नगएका कारण नेकपाले हार्नु परेको कार्यकर्ताहरु वताउँछन्। रेणुको क्षेत्रमा गएर भाषण गर्ने प्रचन्डको समेत खैरहनीमा उपस्थिती देखिएन भने साँसद कृष्णभक्त अधिकारीमाथि पनि पुर्व माओवादीले उठाएका उम्मेदवारको पक्षमा नलागेको आरोप लागेको छ।

 

Comments

Top