भक्तपुरमा पनि नेकपालाई ठुलो झट्का, प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

bhadelकाठमाडौं । चितवनमा तीन वटै वडा घुमाएको नेकपालाई भक्तपुरको निर्वाचन परिणामले थप निराशा बनाएको छ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले बिजयी हासिल गरेको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । 

 उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

 नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।मतगणनास्थलमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भँडेलको पक्षमा नारावाजी गर्न थालेका छन् । भक्तपुर  प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीको क्षेत्र हो  । नेकपाले भक्तपुर गुमाउन परेपछि ठुलो झट्का लागेको छ। ।

Comments

Top