५ हजार मिटर दौडमा नेपाललाई अर्को स्वर्ण र कास्य, सागमा नयाँ कीर्तिमान

saag

  काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका छन् ।

निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै पार्कीले स्वर्ण जितोका हुन् । योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ।

उक्त दौडमा भारतका सुनिल दावाले रजत जिते भने नेपालका हरि रिमालले कांस्य जितेका छन् ।

नेपालले सागमा स्वर्ण पदकको कीर्तिमान तोडेको छ । शुक्रबार विहानसम्म नेपालले ३७ स्वर्ण जितिसकेको छ । सागको एकै संस्करणमा नेपालले अहिलेसम्मकै बढी स्वर्ण जितेको हो ।

सन् १९९९ मा आफैंले आयोजना गरेको आठौं साग (तत्कालीन साफ) मा नेपालले ३१ स्वर्ण जितेको थियो, जुन यसअघि एकै संस्करणमा नेपालले सबैभन्दा बढी जितेको स्वर्णसंख्या थियो ।

सुरुआती पहिलो सात संस्करणमा १५ स्वर्ण जितेको नेपालले १९९९ देखि अहिलेसम्म ९२ स्वर्ण जितिसकेको छ । २० वर्षअघि नेपाल  सागमा पहिलो पदकपल्ट तालिकामा दोस्रो स्थानमा पुगेको थियो ।

Comments

Top